नगर खेलकुद महोत्सव:  सुनौलो कल्याण सेमिफाइनलमा प्रवेश

पथरी । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा  सुनौलो कल्याण एफस विजयी भएको छ।

आइतबार जातेमोडमा भएको नगरस्तरीय  स्पर्धामा सडन डेथमा विजयी वन्दै सुनौलो क्वाटरफाइनलमा प्रवेश गरेको छ । महोत्सवको दोश्रो खेलमा बिशाल युथ क्लवलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित खेल २–२ गोलको वरावरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकर पनि वरावरी भएपछि खेलको छिनोफानो सडनडेथले गरेको थियो । खेलको १४ औं मिनेटमा आयुष माझीले  पहिलो गोल गरे । ५१ औं मिनेटमा आयुषले विशालको लागि व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । दोस्रो हापको ३६ औं मिनेटमा सञ्जय लिम्बुले गोल गर्दै सुनौलो कल्याणलाई वरावरीमा ल्याए । दुई गोल गरेका विशालका आयुष माझी खेलको म्यान अफ दि म्याच घोषित भए । सुनौलो कल्याणको अर्को खेल बैशाख २७ गते हुनेछ ।

सोमवारको खेल यलम्वर एफ सि र प्रभात सामुदायिक फुटवल क्लवविच हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार