सखुवारा । युवा रजल आङ्देम्बेको नेतृत्वको उपभोक्ता समितिले पथरी शनिश्चरे ८ मङगलबारे बजारमा शौचालय बनाएको छ ।
मङलबारे बजार सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिले शौचालय निर्माण गरेको हो । पथरी शनिश्चरे नगरपालिकाबाट ५ लाख, जन श्रमदानबाट १९ सय र साझेदारी रकमबाट ८८ हजारको लागतमा शौचालय निर्माण सम्पन्न भएको अध्यक्ष रजलले बताए । मङलबार बजार लाग्दै आएका मङ्गलबारेमा शौचालय निर्माण भएपछि स्थानीयबासी हर्षित भएका छन् । यसैबीच पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एवम् अनुगमन समितिकी संयोजक देविमाया काफ्लेले नव निर्मित सार्वजानिक शौचालय अनुगमन समेत गरेकी छिन् ।


86 पटक हेरिएको 









