वडा कार्यालयले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्‍यो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ कार्यालयले सोमबार पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
शुक्रबारे सामुदायिक भवन दोहलुमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्व वडाध्यक्षहरु वडा नं. ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल (२०२०–२४), दोस्रो वडाध्यक्ष गोबिन्द थापा (२०२४–३५ दुई कार्यकाल), तेस्रो यादबहादुर बस्नेत (२०३५–३९) शनिश्चरे गाबिस वडा नम्बर ५ (२०३९–२०४८) तेस्रो कार्यकाल, शनिश्चरे गाबिस वडा नं. ४ इन्द्रबहादुर तुम्सा (२०३९–४३), शनिश्चरे गाबिस वडा नं. ४ स्व. बागबिर माझी (२०४३), शनिश्चरे गाबिस वडा नम्बर ५ नयेन्द्रबहादुर भट्टराई (२०४९–५३), शनिश्चरे गाविस वडा नं. ४ शुक्रबहादुर खजुम (२०४९–५१), शनिश्चरे गाबिस वडा नम्बर ५ गणेश बहादुर गुरुङ (२०५४–५९), शनिश्चरे गाबिस वडा नं. ४ गङाबहादुर भण्डारी (२०५४–५९), पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ बाबुराम दाहाल (२०७४–७९) रहेका छन् । यसैगरी शनिश्चरे गाउँ पञ्चायतका प्रधानपन्च तथा उपप्रधानपन्चहरु पहिलो कार्यकाल प्रधानपन्च जहरमान लिम्बु र उपप्रधानपन्च भिमबहादुर मगर, दोस्रो कार्यकाल प्रधानपन्च जितबहादुर गिरी र उपप्रधानपन्च पुष्प चौहान, पहिलो कार्यकालका शनिश्चरे गाबिसका पूर्ब अध्यक्ष मोहनकुमार न्यौपाने, उपाध्यक्ष कृतिका राई, सस्थापक नगर प्रमुख दिलिपकुमार राई (किशोर), र उप–प्रमुख यमुना बिष्ट बास्तोलालाई पनि सम्मान गरेको छ ।
सम्मान कार्यक्रम अघि वडाले निर्माण गरेको के:लाङ नृत्य र नौमति बाजाको प्रस्तुति रााखिएको थियो । सम्मान पश्चात् सम्मानित हुनेहरुबाट मोहनकुमार न्यौपाने र दिलिप कुमार राई (किशोर)ले आफ्ना भनाइहरु राखेका छन् । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. ८ का वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिव कुमारी विश्वकर्मा, वडा सचिव बालकृष्ण राईलगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार