नगर खेलकुद महोत्सब: आज देवीगञ्ज र पुलचोक एफसीबिच आमुन्नेसामुन्ने

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा बिहिवार देवीगञ्ज एफसी र पुलचोक एफसीबिच आमुन्नेसामुन्ने हुदैछ ।

एच राइजिङ एफसीलाई पाखा लगाएको टिम हो, पुलचोक ।देबिगन्च एमसी भने बाइ पाएको टिम हो । आज जित्ने टिमले सुनौलो कल्याणसङ्ग बैशाख २७ गते खेल्नुपर्नेछ।

हिजो भएको खेलमा प्रभात सामुदायिक एफ.सी. विजयी बन्यो । उस्ले सिरिजंगा एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्‍यो ।

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगिताको फाइनल खेल बैशाख ३० गते जातेमोडमा हुनेछ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार पाउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार