नगर खेलकुद महोत्सव: भलिबल खेलमा वडा नम्बर १ र २ विजयी

तस्वीर: पिल टिभी एचडी।

पथरी। पथरी शनिश्चरे नगरपालिकामा जारी नगर खेलकुद महोत्सवअन्तर्गत भलिबल प्रतियोगिता पनि सुरु भएको छ । बिहीवार भएको उद्घाटन खेल वडा नं. १ र वडा नं. ५ बिच प्रतिस्पर्धा भयो । दोस्रो खेल वडा नं. २ र वडा नं. ७ बिच भएको छ । खेलमा वडा नम्बर ५ र ७ पराजित भयो । ६ टिम  सहभागी भएको भलिबलको फाइनल खेल बैशाख २७ गते हुनेछ । आजको खेल वडा नम्बर १ र १० तथा वडा नम्बर २ र ९ बिच हुने आयोजकले जनाएको छ । भलिबल विजेताले ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक समितिका सचिब नवीन खुलालले बताए ।

नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको महोत्सवको भलिबल खेल जातेमोडमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार