नगर खेलकुद महोत्सव: फराकिलो अन्तरले प्रभात विजयी 

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगितामा फराकिलो अन्तरले प्रभात एसएफसीले जितेको छ ।

शुक्रबार भएको खेलमा प्रभातले ४-० गोल अन्तरले नाजरिन एफसीलाई पाखा लगायो ।  जितसङ्गै प्रभात एसएफसी फाइनलमा प्रवेश गरेको छ ।  प्रभातका लागि सुरुवातकै ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता खोले । दिपेन माझीले हानेको फ्री–किक पोलमा ठोक्किएर फर्केपछि अर्सितले गोल गरेका हुन्  । १८ औं मिनेटमा प्रभातका क्याप्टेन सौर्य राउतले गोल गर्ने सुन्दर अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । नाजरिनका दिवान राईले २९ औं र ३२ औं मिनेटमा पाएको गोल गर्ने अवसर पनि खेर फालेका थिए । उनको दुवै प्रहार पोल माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफमा १–० ले अग्रता लिएको प्रभातले दोस्रो हाफको शुरूवातमा गोल गर्ने अवसर पाए पनि खेलाडी समिर याक्खाले गोल गर्न सकेनन् । याक्खाले गोल गर्ने दुईवटा सुन्दर अवसरहरु खेर फालेपनी ४९ औं मिनेटमा धिरेन क्षेत्रीले गोल गर्दै क्लबलाई २–० को अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच घोषित स्ट्राईकर अर्सित कार्कीले ६० औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए भने ३० सेकेन्ड बित्न नपाई पुनः १ गोल थपेर ह्याट्रिक पूरा गरेका थिए । भोलिको खेल देविगञ्ज एफ.सी. र सुनौलो कल्यांण एफ.सी. बिचको दोस्रो सेमिफाइनल खेल हुनेछ ।

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत भएको पुरुषतर्फको फुटबल प्रतियोगिताको फाइनल खेल बैशाख ३० गते जातेमोडमा हुनेछ । नगर खेलकुद विकास समिति, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार पाउनेछ ।

 

 

 

प्रभात सामुदायिक फुटबल क्लब फाइनलमा प्रवेश गर्ने पहिलो टीम

जारी दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवको फुटबल प्रतियोगितामा आज सम्पन्न पहिलो सेमीफाइनलमा प्रभात सामुदायिक फुटबल क्लबले नाजरिन एफसीलाई ४ – ० गोलको प्रभावशाली जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफको शुरुवाती ११ औं मिनेटमा प्रभात सामुदायिकका खेलाडी अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो गोल गर्न ४९ औं मिनेट कुर्नु पर्यो प्रभात सामुदायिकका धिरेन क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर बनाएको थिए । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेको अर्सित कार्कीले खेलको ६० औं र ६२ मिनेटमा आफ्नो ह्याट्रिक पूर्दै टिमलाई शानदार ४ – ० को विजयी दिलाउँदै जारी दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवको उपाधि नजिक एकदम पुगेको छ।

आजको खेलको म्यान अफ दि म्याच ह्याट्रिकवीर अर्सित कार्की घोषित भए उनले नगद रुपैयाँ दुई हजार प्राप्त गरे।
भोलि अन्तिम सेमिफाइनलमा देविगञ्ज फुटबल क्लब विरूद्द सुनौलो कल्यांण फुटबल क्लब बिचको प्रस्तावित पथरी रंगशाला जाँते मोडमा सञ्चालन हुने र फाइनल खेल आगामी वैशाख ३० गते यसै रङ्गशालामा हुनेछ।

तस्बिर: गोम्बो लामा/समिर साउदेन/ पिल टिभी एचडी।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार