सुनवर्षी(मोरङ)। सुनवर्षी नगरपालिका वडा नं. ६ केरंजामा मकै (बिस्कुन)सुकाउने विषयलाई लिएर विवाद भएको छ। किसानहरूले सार्वजनिक बाटोमा मकै सुकाउँदा मोटरसाइकलमा सवार चिप्लिएर दुर्घटना भएपछि स्थिति तनावपूर्ण बनेको हो।दुर्घटनापछि घाइते यात्रीले बाटोमा मकै सुकाएको विषयमा आपत्ति जनाएपछि स्थानीय किसानहरूबीच भनाभन बढ्दै हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो। घटनास्थलमा स्थानीय प्रहरी टोली पुगेपछि स्थिति नियन्त्रणमा आएको आवर प्रदेशले जनाएको छ ।नगर प्रहरीको मध्यस्थतामा दुबै पक्षलाई सम्झाइबुझाई गरी विवाद मिलाइएको छ। प्रहरीले सार्वजनिक बाटोमा यसरी मकै वा अन्य अन्न सुकाउँदा दुर्घटना हुने सम्भावना बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।


78 पटक हेरिएको 




