प्रशासनिक भवनको सिडियोद्वारा अनुगमन

पथरी । निर्माणाधीन पथरी शनिश्चरे नगरपालिकाको  प्रशासनिक भवनको मोरङ प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले अनुगमन गरेका छन् ।
मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा अवस्थित निर्माणाधीन प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गरेका हुन्  । यस्तैगरी वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गरे । जेठ ५ गते औपचारिक रुपमा सो प्रशासनिक भवनको शिलान्यास गरिएको थियो । पाँच तले सो प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवनको लागत ठेक्का आह्वान (बोलपत्र आह्वान) पश्चात् भ्याट र पिएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण कार्य सुरु भएको हो । सो भवन २०८३ चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अनुगमनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मिना कुमारी तामाङ, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. १० का वडा सदस्य वीरबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार