मिक्लाजुङ(मोरङ) । मनोहर आधारभूत बिद्यालय मिक्लाजुङ मोरङले मौलिक पहिरन लगाउने निर्णय गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको बसेको बैठकले आगामी भदौंदेखि स्थानीय राई पहिरनलाई हप्ताको दुई दिन विद्यालय पोषाकको रुपमा लागू गर्ने निणर्य गरेको छ । सत प्रतिशत राई विद्यार्थी रहेको विद्यालयमा शिक्षासँगै स्थानीय सांस्कृतिक पहिरन संरक्षणका निम्ति यस्तो निर्णय गरिएको छ । विद्यार्थीहरुलाई नि:शुल्क स्थानीय पोषाक वितरण गर्न दाताहरुबाट करिब ९० हजार सहयोग भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक राईले जानकारी दिए।


61 पटक हेरिएको 









