क्याम्पसमा बिसे नगर्चीकाे कविता र कृतिमाथि चर्चा

पथरी । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ ।

कवि श्रवण मुकारुङकाे चर्चित कविता “बिसे नगर्चीकाे बयान ” कवितामाथि रहेर नगर्चीकाे बिषयमा परिचर्चा गरिएको थियोे । मुकारुङकाे उक्त कविता बि एड दाेस्राे बर्षकाे नेपाली बिषयमा समाबेश गरिएको छ । क्याम्पसकाे नेपाली बिभागकाे आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता ” गुमनाम एक इतिहास बिसे नगर्चीका लेखक/खाेजकर्ता माेरङ पथरी शनिश्चरे १ निवासी दीपेन्द्रराज तिम्सिना रहेका थिए । लेखक तिम्सिनाले बिसेकाे जन्म स्थल गाेरखासम्म नै पुगेर गहिराे खाेज, अनुसन्धान, अध्ययन गरेर कृति तयार गरेको पूर्व क्याम्पस प्रमुख चेतननाथ पाैडेलले बताए । लेखक तिम्सिनाले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण बनाउन बिसेकाे महत्त्वपूर्ण भुमिका रहेको, राज्य चलाउन सहि सल्लाहकार चाहिने जनाए । राष्ट्रिय दलित आयाेगमा बिसेलाई राष्ट्रिय बिभुति घाेषणा गर्न तथ्य सहित पेस गरेको बताइएको छ ।
क्याम्पसकाे नेपाली बिभाग प्रमुख सरिता भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघको अध्यक्ष उपेन्द्र बस्नेत, प्राध्यापक संघकी सचिव लक्ष्मी ढुङगेल नेपाली बिषयका विद्यार्थीहरुकाे सहभागीता रहेको थियोे । बिद्यार्थी शिक्षक बिच भएको अन्तर्क्रियामा बिसे नगर्चीकाे बिषयमा चिनारी प्रस्तुत गर्दै उठेका प्रश्नको जवाफ लेखक तिम्सिनाले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार