साउन ३० गतेदेखि `चरणदास चोर´

पथरी । शब्द थिएटरले साउन ३० गतेदेखि पथरीमा नाटक “चरणदास चोर” को मञ्चन गर्ने भएको छ ।

पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३० गते प्रिमियर शो गर्ने विहिबार मनोहर र्पाकमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । नाटक साउन ३१ गतेदेखि भदौ १३ गतेसम्म शो को कार्यक्रम तय गरिएको शब्द थिएटरका अध्यक्ष अशोक कुमार साम्पाङले बताए । स्थानीय कलाकारहरुद्धारा तयार गरिएको नाटक जीवन बरालले निर्देशन गरेको हो।

नाटकको लागि दैनिक तीन वटा समय निर्धारण गरिएको छ । विहान ७ः३० बजेदेखि, दिउँसो ११ बजेदेखि र बेलुका ५ः१३ बजेदेखि नाटक हेर्न सकिने आयोजकले जनाएको छ । हेर्नको लागि टिकट दर ५ सय, ३ सय र विद्यार्थीको लागि १५० तय गरिएको निर्देशक जीवन बरालले बताए ।
शो को लागि भदौ १,२,३, ५, ६, ८,९, ११,१२ र १३ गते विद्यालयका विद्यार्थीहरुको लागि प्रर्दशन गरिने भने साउन ३१, भदौ ७ र १० गते पब्लिक शो गरिने आयोजकले बताए । नाटकमा खर्च ६ लाख हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार