पथरी शनिश्चरे गोल्डकप: आयोजक पथरी ११ विजयी

पथरी। पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत सोमबार भएको खेलमा आयोजक पथरी ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

उस्ले  डिफेन्डिङ च्याम्पियन ब्रिगेड बोईज फुटबल क्लब (ललितपुर)लाई १-० गोल अन्तरले पराजित गर्‍यो । खेलको निर्णय गोल पहिलो हाफमा मिक्सन दासले गर्न सफल भए ।

हिजो भएको उद्घघाटन खेलमा सलहेस युवा क्लब सिरहा विजयी बन्यो । सिरहाले सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)लाई ५-१ गोल अन्तरले पाखा लगायो ।

भोलिको तेस्रो खेल (कार्तिक १७ गते) संकटा फुटबल क्लब (काठमाडौं) र पाँचथर फुटबल क्लब(फिदिम) बिच हुनेछ । चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच स्पर्धा भएपछि पहिलो चरणको प्रतियोगितात्मक खेल सम्पन्न हुने आयोजक जनाएको छ । ८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ।

पथरीको जातेमोडमा भइरहेको खेलको  टिकटदर १ सय र २ सय रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार