प्रजनन रुग्णता सम्वन्धी निःशुल्क शिविर सकियो 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क शिविर सकिएको छ ।
शनिबार पथरी शनिश्चरे वडा नं. १० को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविर सम्पन्न भएपछि सकिएको हो। शिविरमा  १ सय ३२ जनाको स्क्रीनिङ गरिएको थियो । स्क्रीनिङमा आङ खस्ने समस्या ४२ जना, संभावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ४ जना, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ३२ जनाको भीआईए जाँचमा १ जना पोजेटिभ आई कोल्डकगुलेसन थेरापिबाट उपचार गरिएको, भिजुयल इन्सपेक्सन (भी.आई.ए)बाट संभावित पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन नसकि HPV DNA का लागि प्रदेश जनस्वास्थ्य कार्यालयमा विराटनगर विशेष जाँचका लागि पठाइएको सेम्पल ६ जना र पाठेघर खसेका २ जना महिलाको रिङ प्रेसरी लगाएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए। समापन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. १० अध्यक्ष जीवन खतिवडा, वडा सदस्य र स्वास्थ्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार