स्वः मूल्यांकन समन्वय समितिको बैठक

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि बमोजिम गठित स्वः मूल्यांकन समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बुधबार समितिका अध्यक्ष तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधिअनुसार नगरपालिकाको स्वः मूल्यांकन कार्यलाई व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी बनाउन योजना हेर्ने शाखालाई सम्पर्क शाखाका रूपमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी, कार्यविधिअनुसार विषयगत शाखाहरूले आर्थिक वर्ष २०८२/०८३ मा आफ्नो जिम्मेवारीमा पर्ने सूचकहरूको प्रगतिसँग सम्बन्धित तथ्य, तथ्यांक तथा प्रमाणसहितको विवरण स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा आजैदेखि प्रविष्ट गर्ने कार्य अघि बढाउने निर्णय गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार