लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम

पथरी । “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम”  बिहीवार पथरी जेसीजले सम्पन्न गरेको छ ।

वडा नम्बर १ को  “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” शीर्षकमा विनियोजित बजेटबाट प्रभावकारी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडाभित्र रहेका २ वटा सामुदायिक विद्यालय तथा ४ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी विद्यालयहरूमा पञ्चायत माध्यमिक विद्यालय, सुनाखरी माध्यमिक विद्यालय, एभरेष्ट आवसीय माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, भूपू सैनिक अङ्ग्रेजी माध्यमिक विद्यालय तथा प्यागोडा माध्यमिक विद्यालय रहेका थिए । कार्यक्रमको मुख्य उद्देश्य समाज, विशेषगरी युवा पुस्तालाई लागुपदार्थ दुव्र्यसन तथा विभिन्न कुलतबाट जोगाउनु, उनीहरूमा सकारात्मक सोचको विकास गर्नु तथा स्वस्थ, सुरक्षित एवं उत्पादनशील समाज निर्माणतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार