पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडाका नागरिकहरुलाई सहजीकरणका लागि पारिवारिक कार्ड अध्यावधिक तथा ब्यक्तिगत घटना शिविर सुरु गरेको छ ।
वडाले टोल टोलमा गएर पारिवारिक कार्ड अध्यावधिक तथा ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युु दर्ता, बसाईसराइ दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद दर्ता) गर्ने कार्य गरिरहेको छ । वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको समूह नै टोल स्तरमा गएर सेवाप्रबाह गरिरहेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।शिविरको पहिलो दिन बुधबार राई डाडा, गुराँस चोक र कुशे सम्पन्न भएको छ ।


4 पटक हेरिएको 






