सार्वजानिक सुनुवाई कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार नर्वदेश्वर मन्दिर परिसारमा आयोजित कार्यक्रममा वडाको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सार्वजनिक सुनुवाईका क्रममा अधिकांश वडावासीले डम्पीङ साइड, स्वास्थ्य, शिक्षा, कृषि, सडक, बिजुली तथा खानेपानी जस्ता पूर्वाधारसँग सम्वन्धित विषयमा प्रश्न तथा सुझाव राखेका थिए।
उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष भीम कुमार राई, वडा सदस्यहरु तथा कर्मचारीहरुले दिएका थिए । वडालाई सहयोग गर्ने वडाका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान तथा वडाका कर्मचारी कल्पना सुब्बालाई वडाले सम्मान गरेको छ । १ नम्बर वडा कार्यालयले यस किसिमको सार्वजानिक सुनुवाई कार्यक्रम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार