घरेलुु हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम

पथरी । घरेलुु हिंसा न्यूनीकरणका लागि समुदायमा अभिमुखिकरण कार्यक्रम पथरी शनिश्चरे-७ वडा कार्यालयमा सम्पन्न भएको छ ।
बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो। चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय, दुर्गा माध्यमिक बिद्यालय, बालकल्याण माध्यमिक बिद्यालयका विद्यार्थी तथा लक्ष्यित वर्ग समुदायका तीन दर्जन भदा बढीको सहभागिता रहेको थियो । पथरी शनिश्चरे नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले सहजीकरण गरिएको कार्यक्रममा वडा अध्यक्ष उद्वबराज बस्नेत, वडा सदस्य नरेश राई, पत्रकार रामकुमार परियार, चन्द्रकिरातेश्वरकी दिपिका नेम्बाङले आआफ्नो भनाइ राखेका थिए । सोही अभिमुखिकरण कार्यक्रम वडा नम्बर ४ र वडा नम्बर १० पनि संचालन हुने शाखा प्रमुख कट्टेलले जनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार