१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशीबाट चेस खेलतर्फ को को छनोट भए ?

पुरुष क्लासिकल विधातर्फ छनोट भएको झापाका ज्वाला इम्बुङ।

इनरुवा (सुनसरी) । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशबाट चेस खेलतर्फ १२ जना खेलाडी छनोट भएका छन्।
पुरुषतर्फ क्लासिकल, र्‍यापिड र ब्लिज गरी तीन विधामा खेलाडी छनोट गरिएको छ। प्रदेशस्तरीय बुद्धिचाल खेलाडी छनौट प्रतियोगिताका चिफ आर्बिटर डम्बर राईका अनुसार
पुरुष क्लासिकल विधातर्फ झापाका ज्वाला इम्बुङ र मोरङका कशिव कार्की छनोट भएका छन्। त्यसैगरी र्‍यापिड विधातर्फ सुनसरीका राजनकुमार पोखरेल र ताप्लेजुङका शेम सुब्बा छनोट भएका छन्। ब्लिज विधातर्फ खोटाङका धिरेन राई र सुनसरीका हिमाल राई छनोट भएका छन्। त्यस्तै, महिलातर्फ क्लासिकल विधामा झापाका पूजा भण्डारी र राधिका पाण्डेल छनोट भएका छन्। र्‍यापिड विधातर्फ झापाकी कृतिसरा अधिकारी र पाँचथरकी सेसेना चेन्जोङ छनोट भएका छन्। ब्लिज विधातर्फ मोरङकी शान्ति धिमाल र खोटाङकी कुसुम तामाङ छनोट भएका छन्।
तीनवटा विधामा पुरुष र महिलाका समान ६–६ जना गरी १२ जना खेलाडीले कोशी प्रदेशको प्रतिनिधित्व गर्ने भएका छन्।१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीहरूले चेस खेलमार्फत कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

१० औं रास्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरूल्रे आफ्नो ब्यक्तिगत विवरण नेपाली नागरिकताको प्रतिलिपी, रास्ट्रिय परिचयपत्रको प्रतिलिपी, बैंक खाताको चेक, स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपी र फोटो अनिवार्यरूपमा प्रदेश खेलकुद विकास बोर्डको कार्यालय इटहरीमा बुझाउन आयोजकले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार