विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको शनिवार भएको बास्केट बल प्रतियोगितामा शिक्षादीप र वीकेभीएम भिडने भएको छ ।
पहिलो खेलमा बीकेभीएम कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ । बीकेभीएम वाक ओभरको आधारमा विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । वीकेभीएमले कोवास कलेज स्पर्धा गर्नु पर्नेमा कोवास कलेज समयमा मैदान आउँन नसकेपछि उस्ले सहज जीत हात पारे ।
दोस्रो खेलमा शिक्षादीप कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । शिक्षादीपले सगरमाथा कलेजलाई २४–११ स्कोरले पराजित गरेको हो । खेलको म्यान हफ द म्याच शिक्षादीपका आशुतोष यादवले १० स्कोर गरे ।


104 पटक हेरिएको 












