पथरी । ‘विपन्नलाई विमा, छैन कुनै सिमा’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरे वडा नं। ४ मा आइतबार स्वास्थ्य विमा शुभारम्भ कार्यक्रम गरिएको छ । पथरीशनिश्चरे वडा नं. ४ का सीमान्तकृत १ सय परिवारको लागि विमा शुभारम्भ गरिएको हो । विमा विधिवत रुपमा नगर उप–प्रमुख देवीमाया काफ्लेले सुभारम्भ गरिन् ।
नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रम वडा नं. ४ ले संयोजन गरेको हो । कार्यक्रममा नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य, वडा अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो


143 पटक हेरिएको 












