पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ८ मा पशु विमा कार्यक्रम सुरुवात भएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम बमोजिम सरकारको ९० प्रतिशत र किसानको १० प्रतिशत लागत साझेदारीमा विमा सञ्चालन भएको विमा अभिकर्ता तथा पशु प्राविधिक पुष्प पौडेलले बताए ।
वडा नं. ८ का गाई, भैसी, बाख्रा, सुगुर लगायतका पशुपालन गर्ने किसानहरूलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको र यसले किसानलाई आफ्नो मूलपुँजी जोगाउन मद्दत गर्ने आफूले विश्वास लिएको वडा अध्यक्ष नवीन कार्कीले बताए । वडाका पशु विमा गर्न इच्छुक किसानहरूले विमा अभिकर्तालाई सिधा सम्पर्क गरेर आफ्नो पशुहरुको विमा गराउन सकिने वडाले जनाएको छ ।


141 पटक हेरिएको 









