राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपालाई दिने सहमति

काठमाडौं । माओवादी केन्द्र, नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निणर्य गरेका छन् । उपराष्ट्रपतिमा जसपाको उम्मेदवारलाई दिने सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका उपमहासचिव ज्वालाका अनुसार उपराष्ट्रपति पद जसपालाई दिने सैद्धान्तिक सहमति भएपछि आगामी बैठकले यस विषयमा ठोस निर्णय गर्ने भएको छ ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए ।
प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार