इटहरी । जनता समाजवादी पार्टी नेपाल(जसपा)को प्रदेश-१ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।
प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूणर् बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनले यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए । प्रदेश अध्यक्ष प्रविन चाम्लिङले पार्टी परित्याग गरेपछि अध्यक्ष पद रित्त थियो । प्रदेश समितिले सोमबार र मंगलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।
सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीब्रता दिइएको छ ।


148 पटक हेरिएको 












