कोशी प्रदेशः पक्षमा ८२ मत, विपक्षमा ४ मत

विराटनगर । प्रदेश १ ले बुधबार राति प्रदेशको नाम पाएको छ । कोशी प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी अर्थात ८२ मत पाएसँगै प्रदेशले नाम पाएको हो । कुल ९२ सासंद मध्ये कोशी प्रदेशको विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरे भने ६ जना अनुपस्थित रहेका थिए । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेपछि बहुमत ध्वनी मतले अस्वीकृत भएका थिए ।
प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार