उपाधि सरस्वतीलाई

विराटनगर । प्रथम विराटनगर अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा सत्यनारायण् स्कुलालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । विहिबार टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । जस्मा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँदा रामनारायण यादव, रोहन मण्डल र सुमन यादवले समान २-२ विकेट लिए ।
१ सय २१ रनको लक्ष्य पछ्याएको सरस्वतीले २७ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा रामनारायण यादवले अविजित ४० रन जोड्दा आयूस सेन्चुरीले २६ रन, दिपेन्द्र राजवंशीले १९ रन र अविशेक साहले १० रन जोडे । सत्यनारायणका आकाश यादवले ३ विकेट लिँदा अमर यादव, कृष्ण यादव र राहुल सरबरियाले १-१ विकेट लिए ।
खेलको म्यान अफ फाइनल सरस्वतीका अलराण्डर खेलाडी रामनारायण यादव घोषित भए । यादव प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत भए । उत्कृष्ट ब्याटर बुढानिलकण्ठ स्कूलका अर्नभ भट्टराई, उत्कृष्ट बलर सरस्वतीका रोहन मण्डल, उत्कृष्ट विकेट किपर सत्यनारायणका दिपक यादव तथा उदयमान खेलाडी सत्यनारायणका आकाश यादव भए ।
फागुन ११ गतेदेखि भएको प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक स्कूल गरि ८ वटा स्कूल सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार