पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

विराटनगर । पहिचानका लागि सडक साहित्यिक-२०७९ यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश संसद भवन नजिक कोशी प्रदेशको विरुद्ध कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार