विराटनगर । कविता वाचन गर्ने क्रममा पक्राउ परेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खा एक घन्टापछि रिहा भएका छन् । पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी राई र याख्खा पक्राउ परेका थिए ।
प्रदेशको नाम कोशी खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा अगाडि आयोजित कार्यक्रममा साहित्यकारहरु रचना वाचन गर्ने कार्यक्रम तय गरेको थियो । किरात राई लेखक संघ, किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियान, याक्थुङ लेखक संघले कार्यक्रमको आयोजना गरेको थियो ।


128 पटक हेरिएको 












