कोषले तीनजनालाई सम्मान गर्ने

पथरी । एभरेस्ट अङ्ग्रेजी आवासीय माध्यमिक विध्यालय पथरी शनिश्चरेद्वारा संचालित सीएम कन्दङ्वा स्मृति कोषले सम्मान कार्यक्रम गर्ने भएको छ । सोमबार कोषले पत्रकार सम्मेलनको आयोजना गर्दै सीएम कन्दङ्वा विशिस्ट रास्ट्रीय प्रतिभा सम्मान, सीएम कन्दङ्वा युवा रास्ट्रीय प्रतिभा सम्मान तथा सुशीला कन्दङ्वा पत्रकारिता रास्ट्रीय सम्मान गर्ने जानकारी गराएको हो। विशिस्ट सम्मानबाट प्रा.डा. गोविन्दराज भट्टराई, युवा सम्मानबाट अनिल फागो र पत्रकारिता सम्मानबाट अर्जुन जम्नेली राईलाई सम्मान गर्न लागेको कोषका उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिए । कोषले सीएम कन्दङ्वाको जन्म उत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा चैत २९ गते कार्यक्रम हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार