काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जनताले
प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने जनाएको छ । “पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुँदै होइन । उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै जनताको पहिचान र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । जनताको माग र आन्दोलनलाई बेवास्ता गर्नु लोकतन्त्रप्रतिको बेवास्ता हो,” विज्ञप्तिमा भनिएको छ, “अतः जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न, गराउन जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”
प्रबक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न माग गरेका छ । जसपाले आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ)लाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग पनि गरेको छ ।


100 पटक हेरिएको 












