धरान उपमहानगरपालिका तालाबन्दी

धरान । प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको कार्यक्रम अनुसार बिहीबार धरान उपमहानगरपालिका र २० वटै वडाहरूमा तालाबन्दी गरेका छन् । पहिचानवादी राजनितिक दल र जातीय, सामाजिक, सांस्कृतिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघलगायतले तालाबन्दी गरेको हो । पालिकाको वडा नम्बर १,२,३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८ र १९ को वडा कार्यालयहरुमा तालाबन्दी गरेको प्रदर्शनकारीहरुले उपमहानगरपालिका मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेर कोणसभा गरेका थिए । कोणसभामा धरान उपमहानगरपालिकाले प्रयोग गर्न थालेको कोशी प्रदेश लेखिएको लेटर प्याड र छाप जलाएर विरोध जनाएका थिए । यसअघि उनीहरूले वडा ५ र १५ का वडा समिति कार्यालयमा तालाबन्दी गरेका थिए । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनकारीहरुले तालाबन्दी गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार