पथरी । प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गते भित्र माग सम्बोधन नगरेमा ११ देखि १४ गते सम्म विराटनगर केन्द्रित आन्दोलन गरिने भएको छ ।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार बैठकको बैकले उक्त निर्णय गरेको हो । यसअघि सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमलाई पुनः स्मरण पत्र दिने निर्णय पनि भएको छ ।वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए वैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको हो । सहिद पदम लिम्बु लाजेहाङको शवलाई वैशाख १५ गते भित्र ससम्मान अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।



156 पटक हेरिएको 












