पथरी । पथरी शनिश्चरे वडा नं. ७ मा हिजोदेखि अचार बनाउने तालिम सुरु छ ।
नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा महिलाहरुलाई उद्यमशिलता बनाउन अचार बनाउने तालिम सुरु गरेको हो । मौसम अनुसारका फलफुलहरुले उचित बजार नपाउँदा सडेर जाने अवस्था रहेको हुँदा अचार बनाई पूर्ण बजारिकरण गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरिएको लघु उद्यम विकास शाखा प्रमुख सपना कार्कीले जानकारी दिइन् ।


133 पटक हेरिएको 








