सेवारोपोष्ट उत्कृष्ट संचारमाध्यम घोषित

पथरी । इङ्घङ मिडिया प्रालि (पथरी शनिश्चरे-५) द्वारा संचालित सेवारोपोष्टडटकम उत्कृष्ट संचार माध्यम घोषित भएको छ ।

शुक्रबार पथरी शनिश्चरे नगरपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार २०८२ प्रदान गरेको छ।

विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन भइरहेको सेवारो पोस्ट अनलाइन (www.sewaropost.com⁠) ले पथरी शनिश्चरे नगरका सम्पूर्ण गतिविधि समेटेर नागरिकको सुसूचित हुन पाउने हकलाई प्रत्याभूत गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च मूल्याङ्कन सहित नगरद रु. २५,०००।– (अक्षरेपी पच्चीस हजार) राशिको उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार २०८२ प्रदान गरिएको हो । नगर प्रमुख मोहन तुम्बापोले सेवारोपोष्टका प्रधान सम्पादक फिपराज बेघालाई प्रशङ्सा पत्र प्रदान गरेका थिए ।क्रियाशील पत्रकारतर्फ प्रेम केडी भट्टराई पुरस्कृत भएका छन् पत्रकार प्रेम केडी भट्टराईलाई सम्मानपत्रसहित नगद १५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्बापोले लेखनवृत्ति छनोट समितिका संयोजक जीवन खतिवडा, नगर प्रवक्ता नवीनजङ कार्की, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई तथा वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेतलगायतको उपस्थितिमा उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा नगरभित्र रहेर विभिन्न क्षेत्रमा क्रियाशील १० जना सञ्चारकर्मीले लेखेका अनुसन्धानमूलक तथा विश्लेषणात्मक लेखहरूको सङ्ग्रह ‘पथरी शनिश्चरे लेखमाला भाग–१’ समेत लोकार्पण गरिएको छ ।
पुस्तकमा नगरको शिक्षा, स्वास्थ्य, कृषि, साहित्य, कला, खेलकुद, जनसङ्ख्या, बसाइँसराइ, आप्रवासन, रेमिट्यान्स, सिमसार संरक्षण तथा लागूऔषध दुव्र्यसनजस्ता विविध विषयमा आधारित खोजमूलक लेखहरू समेटिएका छन् । नगरपालिकाले स्थानीय विषयवस्तुको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा योगदान पुर्‍याउने उद्देश्यले लेखमाला प्रकाशनको सुरुवात गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार