पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकद्वारा विभिन्न निर्णयहरु पारित गरिएको छ ।
नगरपालिकाको सभाहलमा बसेको कार्यपालिका बैठकले सार्वजानिक विद्यालयमा नगरपालिकाले दिँदै आएको स्यानेटरी प्याड अब विद्यालयले सोझै खरिद गर्न दिने र सोको अनुगमन वडा कार्यालयले गर्ने, कित्ताकाट खुलाउने नीतिगत निर्णय गरिएको छ ।
यस्तैगरी नगरपालिकाको मुख्य योजनाहरुको डीपीआर तयार गर्ने निर्माण भएको नगरका प्रवक्ता नविन कार्कीले जानकारी दिए।


109 पटक हेरिएको 












