पथरी । कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता एवं अनुसन्धानात्मक बारेमा जानकारी गराउने उदेश्यले स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोलो अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एन.एल.आर. नेपालका लभी शाक्यले गरे ।
अभिमुखिकरण कार्यक्रममा सन् २०१५ देखि चल्दै आएको कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता तथा हाल नयाँ विरामी आउने दरको विषयमा अनुसन्धान लगायत विविध पक्षहरुको बारेमा जानकारी दिइएको थियो ।


110 पटक हेरिएको 












