इटहरी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बिमित साइमान राईलाई आज ५० लाख प्रदान गरेको छ ।
कम्पनीको इटहरी कार्यालयमा जीवन बिमा गरेका राईलाई घातक रोग लागेकाले ५० लाख प्रदान गरेको हो । इटहरी ४ का ४१ वर्षीय राईले २०७६ साल कात्तिक २७ गते अमृत योजना बिमा गरेका थिए । राई दुबई रहेको बेला बिरामी परी गत पुसमा घाटीको क्यान्सर प्रमाणित भएको थियो । रोग प्रमाणित भएपछि कम्पनीमा उपचार दाबी गरेका थिए ।


128 पटक हेरिएको 












