पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिताको चार चरणका खेल सम्पन्न भएका छन् ।
महिलातर्फ उर्लाबारीस्थित शिशु शिक्षा सदन स्कुलकी नुमा लिम्बूले चारै चरणमा शतप्रतिशत जित हासिल गर्दै प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि छनोट हुन सफल भएकी छन् । त्यसैगरी, एक हार र तीन जितसहित बेलबारीकी शान्ति धिमाल, कीर्तिपुर एकेडेमी पथरीकी समिरा राई तथा पञ्चायत माध्यमिक विद्यालय, पथरीकी रेबिका लिम्बू उत्कृष्ट तीनभित्र स्थान बनाउन प्रतिस्पर्धामा रहेका छन् ।
प्रतियोगिताको अन्तिम अर्थात् पाँचौँ चरणको खेल भोलि सञ्चालन हुनेछ । अन्तिम चरणको नतिजासँगै उत्कृष्ट खेलाडीहरूको टुङ्गो लाग्नेछ ।


16 पटक हेरिएको 












