पथरी । मोरङको पथरी शनिश्चरेमा दुई टिमबिच शनिबार मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय पथरी र स्थानीय पत्रकारको टिमबिच खेल भएको थियो । खेलमा पत्रकारको टिमले लज्जास्पद हार बेहोर्यो । प्रहरीको टिमले १० गोल लगाउन सफल भए भने पत्रकारको टिमले गोल गर्न सफल भएन ।
खेलको सुरुवाती पहिलो मिनेटमै प्रहरी टोलीले दुई गोल गर्दै आफ्नो दबदबा कायम गरेको थियो। त्यसपछि पनि प्रहरी टोलीले निरन्तर आक्रामक खेल प्रदर्शन गर्दै गोल थपेको थियो। पत्रकार टोलीको तर्फबाट एक गोल आत्मघाती भएको थियो।पत्रकार अर्जुन जम्नेली राईले सो आत्मघाती गोल गरेका थिए ।
खेलमा प्रहरी निरीक्षक डम्बर विक , प्रहरी सहायक हवल्दार काशिराज पाण्डे र प्रहरी सहायक हवल्दार दिल कुमार आचार्यले १/१ गोल गरेका थिए भने प्रहरी जवान शुक्रराज लिम्बूले शान्दार खेल पस्किंदै ६ गोल गरेका थिए ।
वडा दशैं २०८३ को अवसरमा आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले मोरङको पथरी शनिश्चरेमा प्रहरी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । मैत्रीपूर्ण खेल पथरी ११ फुटबल क्लबको प्राविधिक सहयोग रहेको थियो ।


16 पटक हेरिएको 












