बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश न. १ को दोस्रो अधिवेशन सकिएको छ ।
अधिबेशनले मुकेश सिंहको अध्यक्षतामा १५ सदस्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षत्रय मान बहादुर मगर, सुस्मा सिंह, मनोज यादव(आयुर्वेद ), मुख्यसचिवमा शिव नारायण यादव, सचिबत्रयमा राज कुमार दास, राम उद्गार यादव, उदय नारायण दुलाल, कोषाध्यक्षमा राम अबतार यादव, सदस्यहरुमा दिपक रोनियर, मोहन साह, बिजेन्द्र यादव, मनिश कुमार ओझा, राज किशोर यादव, सिकेन्द्र कुमात यादव रहेका छन् । प्रदेश स्वास्थ्य मन्त्री निर्मला ताबा लिम्बू, फोरम केन्द्रिय अध्यक्ष बाल किशोर प्रसाद यादव, जनता समाजबादी पार्टीका अध्यक्ष दिपक याक्खा, फोरमका महासचिव कृष्ण लाल यादव लगायतले शुभकामना व्यक्त गरेका थिए ।


116 पटक हेरिएको 












