धेरै पल्टको प्रयासपछि ज्यादै चर्चामा रहेको जारी फिल्म हेर्ने मौका मिल्यो। फिल्म चर्चा गरिए जस्तै गज्जब रछ । पुरुष प्रधान समाजले निर्माण गर्ने कतिपय संस्कृतिले महिलालाई कति लाचार र प्रताडित गर्छ भन्ने फिल्मले हाङमा पात्र मार्फत चित्रण गर्छ । कथामा गरिब परिवारकी हाङमाको विवाह बुबा आमाले सानै उमेरमा गाउँका माझन शुभाको छोरा नाम्साङसंग गराइ दिन्छन्। बुबाले सुनौंली रुपौंलीमा तीन तोला सुन र तीस हजार रुपैंया र तीन दसैं राँगा सुंगुर छोरी ज्वाइबाट लिन्छ्न्।
पाँच वर्षसम्म सन्तान नभएपछि श्रीमानबाट गाली गलौंज र पिटाइ खान्छिन्। धरेलु हिंसा सहन नसकी हाङमा माइत जान्छिन। धान नाच्ने क्रममा पालममा हारेपछि अर्कै युवासंग जारी गर्छिन । छोरीले अर्कै केटासँग बिहे गरेपछि बुबा आमाले ६ तोला सुन र ६० हजार जारी तिर्नु पर्ने हुन्छ्। नयाँ ज्वाइको जारी तिर्ने ल्याकत नभएपछि हाङमाको बुवा नोकर बस्नु पर्ने परिस्थिति आउछ्। बुवालाई त्यो बिकराल अवस्थाबाट बचाउन हाङमा आफै पुरानो श्रीमानको घरमा नोकर बस्ने बाटो रोज्छिन । हाङमाको पहिलो श्रीमानको खोल्मामा बित्ने पशुवत जीवन र सासुको हेला सारै हृदयबिदारक छ ।

लिम्बु समुदायमा प्रचलित सुनौली रुपौली लिने सस्कृतिले नारीको जिवनमा सिर्जना गर्ने लाचारी र पीडालाई प्रेम पुन: प्राप्तिका सङ्घर्षसंग जोडिएपछि हाङमाप्रति दर्शकको सहानुभूति चुलिन्छ । नाम्साङ्ले पनि फच्चा गैसकेकी श्रीमतीलाई अपनाउन र प्रेम पुन:प्राप्तिका लागि गरेको दु:खले दर्शकको मन छुन्छ । ‘मैले जारी गरेर गल्ती गरें, यस्लाई सुधार्ने मौंका पाएको छु´ भन्ने हाङमाको संबादले पुरुष प्रधान समाजले निर्माण गर्ने कुरीतिको बोझ नारीले बोक्नु परेको बाध्यता देखिन्छ्। जारी विशेष गरेर लिम्बु समुदायमा प्रचलित रीतले सिर्जना गर्ने पींडाको कथा भएपनि समग्र पुरुष प्रधान समाजका नारीका कथा हो । नारीबादीहरु भन्छ्न, पुरुषहरु महिलालाई तल्लो दर्जामा राख्न सस्कृति, परम्परा र कानुन निर्माण गर्छ्न । साथै, पुरुष अनुकुल डिस्कोर्सहरु निर्माण गर्छ्न ।
सास्कृतिक फिल्महरु च्यारिटी शो गरेर सानो तिनो रकम रकम जम्मा गर्नु पर्ने पीडाबाट जारीले हलहरुमा महिना दिनसम्म पनि टिकट नै नपाइने अनुभवमा पुर्याएको छ । जारीले तीन दसक अघिको लिम्बुवान क्षेत्रको जीवनलाई चित्रण गरेको छ । आदिबासी जीवन पद्वति, र रहन सहनलाई नेपाली फिल्ममा मुल प्रबाहिकरण गर्नुहुने उपेन्द्र दाइलाई धन्यबाद दिनै पर्छ ।


134 पटक हेरिएको 








