भेलेटार(धनकुटा) । पूर्वको पर्यटकीय स्थल भेडेटारमा लिम्बु चलचित्र निर्माण कार्यशाला सुरु भएको छ ।
कार्यशाला उदघाटन सत्रमा मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङ, वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ का महासचिव सुमन तामाङ, याक्थुङ चलचित्रकर्मी सङ्घ १ प्रदेश १ उपाध्यक्ष प्रकाश सुब्बा, सङ्घीय लेखक सङ्घका केन्द्रीय महासचिव तथा याक्थुङ लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष सङ्गेन पन्धाक, लेखक सङ्घ कोरियाका महासचिव बालिन्द्र याक्थुङलगायतले कार्यशाला सफलताको शुभकामना दिएका थिए । 

आज देखि सुरु कार्यशाला जेठ १२ गतेसम्म संचालन हुनेछ । कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने छन् । युवाहरु लक्षित कार्यशालामा प्रदेशका २५ बढी युवाहरु सहभागिता जनाएको आयोजक याक्थुङ मुनचईत चोक सयङ १ नम्बर प्रदेश समितिका अध्यक्ष भूपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए । चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्धन समितिको सहयोग र पूर्बेली भिजन फिल्मस प्रालिको प्राविधिक सहयोगमा कार्यशाला सुरु भएको हो ।


139 पटक हेरिएको 









