पहिचानबादीले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति
(समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निर्णय गरेकै दिनदेखि उस्ले प्रदर्शन गर्ने बारे थाहा दिएको हो । `आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नुका साथै उल्टै आन्दोलनरत जनतालाई आक्रोशित पार्ने प्रयास भइरहेकाले २०८० जेठ १४ गतेदेखि विराटनगरमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ´ समितिले आव्हान गर्दै भनेको छ,`प्रदेश सभा जेठ १४ गते २ बजे बोलाएको विज्ञप्ति आइसकेको हुनाले शान्तिपूर्ण सशक्त आन्दोलनमा जुट्न आम प्रदेशवासीलाई आव्हान गर्दछौँ।´

सरकारलाई पटक पटक सचेत गराउनुका साथै चेतावनी पत्र दिँदासमेत मुख्यमन्त्री हिक्मत कार्की र ८२ प्रदेश सभा सदस्यहरू समाधानको उपाय नखोजी प्रदेशलाई भिडन्ततिर लान चाहिरहेकाले आन्दोलनबाट हुन सक्ने क्षतिको पूर्ण जिम्मेवार राज्य पक्ष हुने चेतावनी समितिले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार