शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी भिम राई र विराज लिम्बुको संयोजकत्वमा १ सय ५१ जनाको केन्द्रीय समिति संगठन गरेको हो । आजै युवाहरूले नाराजुलुस सहित विराटनगरमा मार्च पास गरेका छन्। फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि यहाँ आन्दोलन जारी छ। जेठ १४ देखि सुरू हुने कोशी प्रदेश सभाको बजेट अधिवेशनलाई लक्ष्य गर्दै समितिले आन्दोलन घोषणा गरेको हो। प्रदेश सभा बिराटनगरमा प्रदर्शन गर्दैछ । पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने आन्दोलनकारीको माग छ। गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरले पहिचानको आधारमा प्रदेशको नाम राखिनु पर्छ भन्दै आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको वृहत्त जनप्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को गत चैत १० गते उपचारका क्रममा निधन भइसकेको छ ।
किरात राई यायोक्खाको नेतृत्वमा किरात फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभी फोर्स गठन गरिएको छ। किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेकोमा आक्रोश व्यक्त गरे ।



129 पटक हेरिएको 












