पथरी । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको अनिश्चितकालीन हाम हडताल नगर्ने भएको छ ।
जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको पहिचान पक्षहरूले समझदारी भएपछि हडतालको कार्यक्रम नगर्ने भएको हो । जेठ १६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासङ्घको प्रतिनिधि तथा मानव अधिकारकर्मी समेतको उपस्थितिमा पक्राउ परेका २६ जना आन्दोलनकारीहरूलाई विनासर्त रिहाइ गर्ने सहमति भएको थियो ।

सहमति पछि जारी बिज्ञप्तिमा भनिएको छ, `पक्राउ परेका हाम्रा नेता कार्यकर्ताहरूलाई रिहाइ गरिएपछि २०८० जेठ १७ गतेदेखि गर्ने भनी घोषणा भएको प्रदेश व्यापी अनिश्चितकालीन आम हड्ताल तत्कालका लागि फिर्ता लिने र १७ गते विराटनगरमा हुने विरोध प्रदर्शन भने जारी रहने भएकाले कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई यसै विज्ञप्ति मार्फत आव्हान समेत गर्दछौँ ।´
सहमति अनुसार अमृत राई (वर्ष ४०), अशोक चेम्जोङ लिम्बू, आरभि लिम्बू ‘भविश्वर’ (वर्ष ४५), कुलप्रसाद लिम्बू (वर्ष ६०), कुसुम राई, खड्क लिम्बू (वर्ष ५१), छबिरमण सार्की, जेबी साँबा (वर्ष ४३), ताराकुमार लिम्बू (वर्ष ५०), दुर्गा मगर (वर्ष ४६), नबीन पोमु (वर्ष ४३), पदम खेवाङ (वर्ष ६८), प्रदिप लिम्बू, प्रमोद लिम्बू, प्रयास बान्तावा राई, मनकुमार थेगिम, मनकुमार लिम्बू, राजभक्त लिम्बू, रोशन लिम्बू (वर्ष २१), शङ्कर लिम्बू, सञ्जिव लिम्बू (वर्ष ५५), सन्तोष सम्बाहाम्फे, सिताराम राई, सुकराज थेबे (वर्ष ५१), सुकराज लिम्बू (वर्ष ४६) र सुमन केरुङ (वर्ष ४४) छुटेका छन् ।


156 पटक हेरिएको 












