सवारी दुर्घटना: एक साइकल यात्रीको मृत्यु

पथरी । मोरङको पथरीशनिश्चरे-२, जयचोकमा यात्रुवाहक बसले ठक्कर दिँदा स्थानीय एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।मंगलबार दिउँसो ३:५० बजे पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५४९ नम्बरको यात्रुवाहक बसले ठक्कर दिदा ५० बर्षका यज्ञ थापाको घटनास्थलमै मृत्यु भएको हो। घटना स्थलबाट प्रहरीले निजको शवलाई मदन भण्डारी ट्रमा सेन्टरमा पोष्ट मार्टमको लागि पठाइएको जानकारी इलाका प्रहरी कार्यालय पथरी सूचना केन्द्रका प्रहरी जवान शम्भु राईले बताए।
साईकल यात्रीलाई ठक्कर दिने बस र झापाको बिर्तामोड नगरपालिका-२ का ४६ वर्षे बस चालक प्रकाश पाठकलाई पथरी प्रहरीले ले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार