इटहरी । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामाङ्कन विरुद्धको आन्दोलन र आन्दोलनकारीको मनोबल उच्च राख्न पार्टीले उपयुक्त समयमा प्रदेश १ सरकारबाट बाहिरिएको बताएका छन् । अध्यक्ष यादवले प्रदेश १ मा जारी कोशी नाम खारेजी र पहिचानका आधारमा पुन: नामाकरण माग गर्दै जारी आन्दोलनलाई आधिकारिक रूपमा समर्थन र सहयोग गर्ने जसपा मात्रै एक्लो पार्टी पार्टी रहेको दावी गरे ।
शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘संघीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशीता, सुशासन यिनै विषयआज नेपालको राजनीतिको केन्द्रमा छ‘, यादवले भने -‘यी हामीले नै उठाएकाविषय हुन् । त्यसैले राजनीति हाम्रै वरिपरि छ । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन।‘


76 पटक हेरिएको 








