वितरण तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम

पथरी । मोरङ्को पथरीशनिश्चरे– ८ मा बाख्रा, बोका, च्यापकटर, दाना पिस्ने मेसिन वितरण तथा सार्वजानिक लेखा परीक्षण लगायत कार्यक्रम एक साथ सम्पन्न भएको छ ।
आइतबार कार्यक्रममा बाख्रा १ सय ६० वटा, बोका ४ वटा, च्यापकटर १५ वटा, खोर सुधार ३, दाना पिस्ने मेसिन ५ वटा र घाँसको विउ वितरण गरिएको थियो । सार्वजनिक सुनुवाइ, किसानहरूलाई बाख्रा पालन सम्बन्धी तालिम, अनुगमन भ्रमण आदि समेत गरिएको थियो । सम्मुनत बाख्रा पालन कृषक समूहका अध्यक्ष सुरेन्द्र चापागाईंको अध्यक्षताम भएको कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख देविमाया काफ्ले, अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेल, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्य झमकबहादुर लिम्बु, पूर्व वडा अध्यक्ष तथा अनुगमन समितिको संयोजक बाबुराम दाहाल, पशुपंक्षी शाखा प्रमुख डा. सवल पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार