संस्थालाई कृषि सामग्री

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा विभिन्न टोल विकास संस्थाहरुलाई सामग्रीहरु वितरण गरिएको छ ।
बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा अध्यक्ष नवीन कार्कीले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गरेका हुन। मकै छड्याउने मेसिन १० वटा, मकै रोप्ने मेसिन २२ वटा, विद्युतीय स्प्रे ट्याङ्की २८ वटा, बीउ गोरु वितरण गरिएको हो ।
वडाअध्यक्ष नविन कार्कीको अध्यक्षता भएको सो कार्यक्रमा वडा सदस्यद्वय झमक बहादुर लिम्बु, बाबुराम चौधरी र टोल विकास संस्थाका अध्यक्ष तथा सचिबहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार