पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय ७७ जना लाभान्वित भएका छन् ।
जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा भएको तीन दिवसीय शिविर चैत्र २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । पथरी शनिश्चरे वडा नं. ६, ७ र १० वडाको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिलाहरुमा गुप्त रोगहरु निदान भई उचित परामर्श, उपचार तथा जटिल प्रकारका समस्याहरूको सही व्यवस्थापन गरी शल्यक्रियाको लागि सवन्धित अस्पतालहरुमा निःशुल्क अपरेसन गर्ने ब्यवस्थापन मिलाइएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए ।
३ दिनसम्म सञ्चालन भएको सो शिविमार आङ खस्ने समस्या १ सय २३ जना, सम्भावित स्तन क्यान्सर ३ जना, निःसन्तान भएको दम्पति १० जना, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको ४ सय ७७ जनाको भीआईए जाँचमा ३ जना पोजेटिभ आएकोमा तीनै जनालाई कोल्ड्कगुलेसन थेरापिबाट उपचार गरिएको, संभावित पाठेघरको मुखको क्यान्सरै पत्ता लागेको २ जना भेटिएको थियो ।
यसैगरी भिजुयल इन्सपेक्सन (भी.आई.ए.)बाट संभावित पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन नसकि एच.पी.भी. डी.एन.ए. का लागि प्रदेस जनस्वास्थ्य कार्यालयमा विशेष जाँचका लागि पठाइएको सेम्प्पल १४ जना, पाठेघर खसेका ७ जना महिलाको रिङ्ग प्रेसरी लगाइएको थियो र प्रसब फिस्टुला ३ जनामा भेटिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
शिविरको समापन कार्यक्रम वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको थियो । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्ष जीवन खतिवडा, स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरे, स्वास्थ्य कार्यालय झापाका वृजकुमार दास, प्रदेश तालिम केन्द्र धनकुटाका सुरेन्द्र्र राजम्या, मिलन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
@followers
#patharisanischare
#pathari


12 पटक हेरिएको 





